संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् । 

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भू-भाग समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।  संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।