होम आइसोलेसनमा रहेकी सप्तरीकी एक महिलाको मृत्यु भएको छ । ती महिला गर्भवती रहेकी थिइन । ती महिलामा कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २४ वर्षीया ती गर्भवती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
१० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००।२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत ८ जेठमा राजविराज स्थित डा।विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो । उनलाई पिसाबको संक्रमण ९यूटीआई० भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए स्वास्थ्य प्रमुख यादवले बताए ।
२ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि आजै उनको स्वाब लिने जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।