प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ ।

आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७-७८ को बजेट संसदमा प्रस्तुत हुनेछ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

आजको बैठकमा संविधान संशोधन विधेयक पनि पेश हुने सम्भावना छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भू-भाग समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।  संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।