आईओएस १३.५ सार्वजनिक, मास्क लगाएरै आईफोन फेस अनलक प्रयोग गर्न सकिने

आईओएस १३.५ सार्वजनिक, मास्क लगाएरै आईफोन फेस अनलक प्रयोग गर्न सकिने
फोटो श्रोत : entrepreneur.com

एप्पलले दुई नयाँ सुविधाका साथ आईओएस १३.५ सार्वजनिक गरेको छ । थप भएका दुवै फिचर कोरानाभाइरस लक्षित रहेका छन् ।

कोरानाभाइरसका कारण अहिले मास्क लगाएर हिड्नुपर्ने वाध्यता छ । यस्तोमा समान्यतया फेस आर्डडीमार्फत फोन अनलक हुने फिचरले काम गर्न सक्दैन ।

यसैलाई मध्यनजर गर्दै आईओएस १३.५ मा फास्टेस्ट फेस अनलक सुविधा ल्याइएको एप्पलले बताएको छ । जसको मद्दतले आईफोन प्रयोगकर्ताले मास्क लगाएको समयमा पनि फेस आईडीमार्फत फोन अनलक गर्न सक्नेछन् ।

आईफोनका पछिल्ला उत्पादन आईफोन एक्स, आईफोन एक्सआर र आईफोन इलाभेनमा फेस अनलक सिस्टम रहेको छ । यी उत्पादन प्रयोग गर्ने प्रयोगकर्ताले मास्क लगाएको बेला अनलक गर्न समस्या भोगिरहेका थिए । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले यो सुविधा ल्याएको हो ।

यसका साथै कम्पनीले आईओएस १३.५ मार्फत एप्पल र गूगलको सहकार्यमा निर्माण गरिएको कोराना ट्रयाकिङ एपीआईलाई पनि समावेश गरेको छ । यसको अर्थ उक्त एपीआई प्रयोग गरी आफ्नो देशमा सरकाले एप बनाएको खण्डमा उक्त एप प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

त्यसबाट यदि प्रयोगकर्ता कोराना संक्रमितको नजिक पुगेको खण्डमा नोटिफिकेशन मार्फत जानकारी प्राप्त गर्न सकिनेछ ।