काठमाडौँ- सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक बन्द नेपालमा बन्द भएको छ । फेसबुक बाहेक अरु २५ वटा सामाजिक सञ्जाल प्लाटफर्महरु पनि क्रमश: बन्द हुँदै छन ।
नेपालमा सूचिकृत हुन गरेको सरकारी आग्रहलाई नटेरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
आजै पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन लगत्तै प्राधिकरणले सूचिकरण हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्लाटफर्महरुलाई निष्कृय गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको थियो । त्यस लगत्तै फेसबुक बन्द भएको छ ।
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले करिब २६ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताए।
अरु दर्ता हुन नआएका सामाजिक सञ्जालहरु पनि बन्द हुने मन्त्री गुरुङले जानकारी दिएका छन्।
यसअघि, सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।।