संविधान संशोधनमा मधेशका मुद्दा पनि समेट्न राजपाको माग

राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेशका मागलई समेत सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गरेको छ। मधेसका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्छु भनेर प्रतिबद्धता जनाएकोले यसलाई अगाडि बढाउन संसदीय दलको बैठकले आग्रह गरेको हो ।

राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बने पनि निर्वाचन आयोगमा विधिवत दर्ता नभएकाले दुई पार्टीको संसदीय दल अलग अलग रहेको छ। ‘यसअघि पूर्व एमाले बाहेक सबैले संविधान संशोधनमा सहमति जनाएका थिए। त्यस्तै बैठकले सीमासम्बन्धी समस्यालाई कुटनीतिक तवरले समाधान गर्न समेत आग्रह गरेको छ।

सरकारले संविधानको अनुसूचीमा रहेको निसानछाप परिवर्तन गर्नका लागि आइतबार संविधान संशोधन प्रस्ताव संघीय संसदमा दर्ता गरेको छ। राजपाले यो प्रस्तावसँगै मधेसका मागलाई समेत सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गरेको हो।