मन्त्रालयको बैठकमा सहभागी एक चिकित्सकमा कोरोना पुष्टि, स्वास्थ्य मन्त्रीको स्वाब संकलन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीसहित,राज्यमन्त्री तथा सचिव सहित करिब २ सय कर्मचारीकोे कोरोना भाइरस रोगको परीक्षणका लागि स्वाब संकलनको कार्य भइरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलिले मन्त्रालय परिसरमा स्वाब लिइरहेका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज राउत,सचिव यादव कोइराला,स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ,कर्मचारी प्रशासन प्रमुख रघराम बिष्ट लगायतकाको स्वाब लिने काम सकिसकेको छ । मन्त्रालयका अरु उच्च पदाधिकारी सहित कन्ट्याक्ट ट्रेसिङमा रहेका सबै कर्मचारीको स्वाब लिइने कर्मचारी प्रशासन प्रमुख बिष्टले जानकारी दिए ।

मन्त्रालयको बैठकमा सहभागी एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मन्त्री, राज्यमन्त्री सचिव कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न परेको मन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाले बताए ।

गत जेठ ६ गते कोरोना स्वास्थ्य सेवा विभागका एक चिकित्सकलाई कोरोना पुष्टि भएपछि उgको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरि कोरोना परीक्षण गर्न लागिएको हो । संक्रमित चिकित्सक कोरोना पुष्टि हुनु एक दिन अगाडि हेल्थ इमरजेन्सी अपरेसन सेन्टरमा आयोजित बैठकमा सहभागि भएका थिए ।

हाल संक्रमित चिकित्सक सामान्य अवस्थामा पाटन अस्पतालको आइसोलेसनमा उपचाररत छन्र ।