कोराना परास्त गर्दै चीन, पहिलोपटक नयाँ स्रक्रमित देखिएनन्

कोराना परास्त गर्दै चीन, पहिलोपटक नयाँ स्रक्रमित देखिएनन्

कोरोना भाइरसको सुरुवात डिसेम्बरमा चीनबाट भएको थियो । वुहानबाट सुरु भएको भाइरस अहिले विश्वव्यापी बनिरहेको छ । विश्वका धेरै देश लकडाउनमा छन् ।

तर, भाइरस देखिएको ६ महिनापछि चीनमा पहिलोपटक शनिबार नयाँ संक्रमितको संख्या नदेखिएको हो । तथ्याङ्क अनुसार चीनमा शनिबार एक जना पनि नयाँ संक्रमित थपिएनन्। तर, यसअघिका ७९ एक्टिभ केस छन् ।

रसिया, ब्राजिल, अमेरिका, भारत, इरान लगायतका देशमा संक्रमणका केसहरु यथावत छन् । पाकिस्तान, मेक्सिकोमा पनि संक्रमणदर उच्च नै छ ।

चीनमा ८२ हजार ९७१ जनामा संक्रमण भइसकेको छ । जबिाट चार हजार ६३४ जनाको मृत्यु भएको छ । एक्टिभ रहेका ७९ केसमध्ये ९ वटा गम्भीर प्रकृतिका छन् ।

पछिल्लो पटक सबैभन्दा धेरै मानिसको मृत्यु मेक्सिकोमा भएको छ । ४७९ नयाँ मृत्युका केस मेक्सिकोमा देखिएका छन् । अमेरिकामा १६, रसियामा १३९, ब्राजिलमा ६८, इरानमा ५९ र भारतमा २८ जनाको पछिल्लो समय मृत्यु भएको छ । पाकिस्तामा ३४ नयाँ मृत्युका केस छन् ।

कोरोनाका कारण विश्वभर ५३ लाख २८ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । तीन लाख ४० हजार ४२९ को कोरोनाका कारण मृत्यु भइसकेको छ । २१ लाख ७५ हजार २९० ले कोरोनालाई जितेका छन् ।

एक्टिभ रहेको २८ लाख केसमध्ये दुई प्रतिशत गम्भीर प्रकृतिका रहेको बताइन्छ ।