नेकपाका विद्यार्थी नेताले बाबुरामलाई श्रद्धाञ्जली दिएपछि…

नेकपाका विद्यार्थी नेताले बाबुरामलाई श्रद्धाञ्जली दिएपछि…

सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् । उनले प्रयोग गरेको भाषाशैली र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ ।

उनले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई श्रद्धाञ्जली नै दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’

भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए । त्यसकै प्रतिउत्तरमा महरले आफ्नो फेसबुक स्टाटसमा आपत्तिजनक अभिव्यक्ती दिएका हुन् ।