नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो ४ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ । त्यसअघि संविधान संशोधनका लागि सरकारले प्रस्ताव पेश गरिसकेको छ । उता, नेकपाभित्र विवादको विषय बनेको अमेरिकी आर्थिक सहयोग रकम एमसीसीबारे पनि छलफल हुन सकेको छैन ।

सरकारले पार्टीमा छलफल र सहमति नगरी एमसीसीका कार्यक्रम नीति तथा कार्यक्रममा घुसाएको भन्दै विरोध हुदै आएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पनि छलफल हुने जानकारी दिए ।