जिल्ला जान नपाएपछि फेसबुकमा सांसदकाे दुखेसाेः मन भतभती पाेलिरहन्छ !

जिल्ला जान नपाएपछि फेसबुकमा सांसदकाे दुखेसाेः मन भतभती पाेलिरहन्छ !

काठमाडाैं । राप्रापा सांसद राजेन्द्र लिङ्देन संसद नचलेकाे बेला सकेसम्म निर्वाचन क्षेत्रनै जाने गरेका थिए । तर संसदकाे वर्खे अधिवेशनका लागि वैशाख २५ गते काठमाडाैं आएका उनी झापा जान पाएका छैनन् ।

संसद सचिवालयले पीसीआर परिक्षण गरिसकेका ले जिल्ला नजान भनेपछि काेही पनि सांसद जिल्ला जान पाएका छैनन् ।

लिङ्देनले चुनाव जितेकाे झापा क्षेत्र नं ३ मा पर्ने कचनकवलमा पछिल्लाे समय काेराेना  संक्रमितकाे संख्या बढिरहेकाे छ । तर लिङ्देन जान सकेका छैनन्  । त्यसैले उनी सामाजिक सञ्जालमार्फत आफ्ना मतदातासँग जाेडिरहेका छन् ।

शुक्रबार राति पनि फेसबुकमा एक स्टाटस पाेस्ट गर्दै लि्ङ्देनले संकटमा आफ्ना नागरिक भेटन नपाउँदा मन पाेलिरहेकाे उल्लेख गरेका छन् ।

उनले अफ्ठ्याराेमा परेका नागरिकाे पीडा सुनेर पनि सहयाेग गर्न नपाउँदा अफ्ठ्याराे महशुस गरेकाे कुरा फेसबुकमा लेखेका छन् ।

https://www.facebook.com/rajendra.lingden.5/posts/3004285719684775