ब्राजिलमा गएकाे २४ घण्टामा २० हजार भन्दा बढीमा काेराेना संक्रमण

ब्राजिलमा गएकाे २४ घण्टामा २० हजार भन्दा बढीमा काेराेना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ब्राजिलमा २० हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएकाे छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित थपिएका हुन् ।

याे सँगै कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३२ हजार ३८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट एक हजार एक जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ४८ पुगेको छ ।