विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ३ लाख ४० हजारले ज्यान गुमाएका छन् । ५३ लाख ३ हजार ३७० जना कोरोना संक्रमित भेटिएका छन् । नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा बितेका २४ घण्टामा मात्रै ६ हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। यससँगै भारतमा कोरोनाका कूल संक्रमितको संख्या एक लाख २४ हजार ७९४ पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ अहिलेसम्म तीन हजार ७२६ जनाको मृत्यु भएको छ।
अन्य मुलुकको तुलनामा अमेरिकाले सबैभन्दा धेरे मानवीय क्षति ब्यहोरेको छ। त्यहाँ १६ लाख ७२३ जना संक्रमित भेटिएकामा ९५ हजार ९७२ जनाको मृत्यु भएको छ। रुसलाई उछिन्दै ब्राजिल धेरै संक्रमित भएको दोस्रो मुलुक बनेको छ। त्यहाँ तीन लाख ३० हजार ८९० जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये २१ हजार ४८ जनाको मृत्यु भएको छ।
रुसमा तीन लाख २६ हजार ४४८ जना संक्रमित भेटिएका छन् । त्यहाँ भेटिएका संक्रमितमध्ये तीन हजार २३९ जनाको ज्यान गएको छ। नेपालमा अहिलेसम्म ५१६ जना संक्रमित भेटिएका छन् भने तीनजनाको ज्यान गएको छ।
नेपालमा ५१६ जना संक्रमित भेटिएकोमा ३ जनाले ज्यान गुमाएका छन् । ७० जना भने उपचारपछि घर फर्किएका छन् ।