नयाँ नक्सा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न नेतालाई दिइयो, हेर्नुस् तस्विर समाचार

नयाँ नक्सा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न नेतालाई दिइयो, हेर्नुस् तस्विर समाचार

काठमाडौंः सरकारले हालै जारी गरेको नयाँ नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न उच्च पदस्थ व्यक्तिलाई हस्तान्तरण गरिएको छ । नक्सा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा हस्तान्तरण गरेकी हुन्। मन्त्रालयले बिहीबार नयाँ नक्सा सार्वजनिक गरेको थियो । 

जेठ ५ गतेको मन्त्रिपरिषद्ले नयाँ नक्सा जारी गर्न मन्त्रालयलाई अनुमति दिएको थियो ।