पाकिस्तानमा विमान दुर्घटना, चालक दलका सदस्यसहित १०७ जनाकै मृत्यु

पाकिस्तानमा विमान दुर्घटना, चालक दलका सदस्यसहित १०७ जनाकै मृत्यु

पाकिस्तानमा शुक्रबार भएको विमान दुर्घटनामा चालक दलका सदस्यसहित सबै यात्रुको निधन भएको छ। समाचार संस्थाहरुका अनुसार ९९ यात्रु र चालक दलका आठ जनाको निधन भएको छ। दुर्घटनामा १०७ जनाको ज्यान गएको छ।

लाहोरबाट कराची जाने क्रममा विमान दुर्घटना भएको हो। लकडाउनकै बीचमा केही दिन अघि आन्तरिक हवाइ सेवा सुचारु गर्ने निर्णय भएको थियो।

विमान आवसायी क्षेत्रमा खसेको थियो। सो क्रममा ५-६ घर समेत ध्वस्त भएका छन्। घरमा भएको मानवीय र अन्य क्षतिबारे भने विवरण आइसकेको छैन।

प्रधानमन्त्री इमरान खानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।