भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । यसरी बढेको संख्याको नयाँ रेकर्ड समेत बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ८८ नयाँ संक्रमित फेलापपछी नयाँ रेकर्ड बनेको छ ।
यसरी दैनिक रुपमा बढेका संक्रमितहरुले भारतको अवस्थाको विषयमा गम्भिर समेत बनाएको छ । शुक्रबार बिहानको पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १ लाख १८ हजार ४ सय ४७ पुगेको छ।
यसरी दैनिक रुपमा संक्रमितको संख्यामात्र नभई मृत्युदर पनि बढेको छ । भारतमा हाल ६६ हजार बढी मानिसहरु सक्रिय संक्रमण रहेको र ४८ हजार बढी कोरोना संक्रमणबाट निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चौथो चरणरहेको लकडाउन थपिने क्रमपनि चलेको छ । भारतमा भारतमा कोरोनाको संक्रमणबाट महाराष्ट्र राज्य सबैभन्दा धेरै प्रभावित छ भने धेरै प्रभावित राज्यमा तमिलनाडु र गुजरात पनि रहेका छन्।