मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्न लागेको हो । बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको बताइएको छ । बैठकमा निशाना छाप परिवर्तन, कलडाउन, नेपाली ल्याउने बिषयमा पनि छलफल हुने बुझिएको छ । 

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको बारेमा छलफल भएको थियो । 

पछिल्लो केही दिनमा कोरोना संक्रमितको संख्या बढिरहेकाले नियन्त्रणका लागि थप निर्णय हुनसक्ने बताइएको छ । शुक्रबार बिहानसम्म नेपालमा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।