नेपालले जारी गरेको नक्सा प्रति भारतले जनायो आपत्ति

नेपालले जारी गरेको नक्सा प्रति भारतले जनायो आपत्ति

नेपालले जारी गरेको नयाँ नक्सा प्रति भारतले आपत्ति जनाएको छ । बुधबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नेपालको जारी गरेको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको हो । बुधबार पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबि गरेका हुन् ।

उनले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको पनि बताए । उनले भने 'नेपालले सार्वजनिक गरेको संशोधित नक्सामा भारतीय भूभाग समेटिएको छ । नेपालले गरेका एकतर्फी कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । दुई देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध छ' ।