कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार ७३१ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ८५ हजार ५०४ जना संक्रमित भएका छन् । २० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९१८ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार २५२ जना संक्रमित भएका छन् ।
यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ। संक्रमितमध्ये ४४ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको निधन भैसकेको छ ।