१३ औं सागस् नेपालका लागि दिलाए बिप्लपले दशौँ स्वर्ण पदक

१३ औं सागस् नेपालका लागि दिलाए बिप्लपले दशौँ स्वर्ण पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९सागमा कराँतेका विप्लव श्रेष्ठले ८४ केजी माथि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

बिप्लपले फाइनलमा पाकिस्तानका मोहमद बाजलाई पराजित गर्दै नेपालका लागि दशौँ स्वर्ण जितेका हुन् । कराँतेमा यो पाँचौ स्वर्ण पदक हो ।

यसअघि काँतामा नेपालले ३ स्वर्ण पदक जितेको थियो । काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जितेका थिए । कुमुतेतर्फ लक्ष्मण तामाङपछि यो दोस्रो स्वर्ण हो ।नेपालका लागि तेक्वान्दोबाट पनि ४ स्वर्ण आएको छ ।