चीन र इटालीबाट भन्दा भारतबाट नेपाल छिरेको कोरोना कडा रहेछ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडाखालको भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 'अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो। दुबइबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ।'

ओलीले संसदमा आफुलाई उभिएर बोल्नका लागि स्वास्थ्यका कारणले असहज भएको बताएपछि कुर्सीको व्यबस्था गरिएको थियो । संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

प्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरिएको छ । उनले आफ्नो खुट्टाका कारण असहज भएको भन्दै माफी भागेका छन् । अहिले प्रधानमन्त्रीले बसेर सम्बोधन गरिरहेका छन्।