प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्राे भयो, संसदमा बसेर सुरु गरे सम्बोधन

प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्राे भयो, संसदमा बसेर सुरु गरे सम्बोधन

काठमाडौं । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिन सुरु गरेका प्रधानमन्त्री ओलीलाई असहज महशुस भएपछि बसेरै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ 

प्रतिनिधिसभाको बैठकमा बोलिरहँदा उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको र बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन सभामुख अग्नि सापकोटालाई आग्रह गरे । 

प्रधानमन्त्रीको आग्रह लगत्तै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्दा हुन्छ भनि प्रश्न गरे । तर प्रधानमन्त्रीले सबैका अघि बसेर बोल्न चाहेको भन्दै रोस्ट्रमबाटै सम्बोधन गर्ने बरु बस्ने व्यवस्था गरिदिन भने । 

त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ । बसेर सम्बोधन सुरु गर्नु अघि प्रधानमन्त्रीले आफ्नो शल्यक्रियापछि खुट्टामा केही समस्या आएको र लामो समय उभिन गाहे हुने गरेको बताए ।