नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिँदै

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिँदैछन् ।राष्ट्रियसभा बैठक अहिले दिनको ११:३० बजे बस्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका छन् ।संसदमा उठेका ती प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने आजको संसद बैठकको कार्यसूचीमा छ ।

त्यस्तै आज गत शुक्रबार संयुक्त सदनमा पेस भएको नीति तथा कार्यक्रम र त्यसमाथिको संशोधन पनि निर्णयार्थ पेस हुनेछ ।संघीय संसदको दुवै सदनबाट आज नीति तथा कार्यक्रम पारित हुनेछ ।