१३ औं साग करातेमा नेपालको ४ स्वर्ण पदक

१३ औं साग करातेमा नेपालको ४ स्वर्ण पदक

काठमाडौं : नेपालको १३ औं दक्षिण एसियली खेलकुद (साग) मा करातेमा अर्को स्वर्ण पदक जितेको छ । सातदोबाटोमा जारी करातेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १ –० को अन्तरले पराजित गरेका हुन् ।

करातेमा नेपालको ४ स्वर्ण पदक पुगेको छ । यसअघि नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिलामा नेपालले रजत पदक जितेको थियो ।