लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्ले गर्‍यो स्वीकृत

काठमाडौँः भारतले मिचेको नेपाली भूभाग लिम्पियाधुरा कालापानी समेत समेटेर जारी हुने नयाँ नक्सा मन्त्रिपरिषदले पारित गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको बैठकले नक्सा प्रकाशनका लागि पारित गरेको एक मन्त्रीले जानकारी दिए।

नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता सरकारले नीति तथा कार्यक्रममा लिएको थियो। नीति तथा कार्यक्रम पारित हुनुभन्दा एक दिनअघि सरकारले नक्सा प्रकाशनको निर्णय गरेको हो। पछिल्लो समय भारतले नेपाली भूभाग मिचेर सडक खनेपछि विवाद उत्कर्षमा छ।