१३ औं साग तेक्वान्दोतर्फ पार्वतीले दिलाइन नेपाललाइ स्वर्ण

१३ औं साग तेक्वान्दोतर्फ पार्वतीले दिलाइन नेपाललाइ स्वर्ण

काठमाडौं : १३ औ दक्षिण एसिया खेलकुद सागमा तेक्वान्दो तर्फ नेपालले पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ ।

नेपालका लागि पार्वती गुरुङले २३–२९ वर्षमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । उनले ८।२६० स्कोर गरेकी थिइन् । तेक्वान्दोमा नेपालको स्वर्ण संख्या ३ पुगेको छ ।
त्यस्तै एउटा रजत पदक जितेको छ ।

यस अघि तेक्वान्दोको पुम्सेमा २९ वर्ष मूनिमा कमलबहादुर श्रेष्ठ, २३ वर्ष मूनि सिना मादेन लिम्बुले स्वर्ण तथा ट्रायथोलनमा सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् । पुम्से १७ देखि २३ वर्षमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् ।