१३ औ साग : अन्जलीको अद्भुत प्रदर्शन

१३ औ साग : अन्जलीको अद्भुत प्रदर्शन

काठमाडौं : १३ औ दक्षिण एसियाली खेलकुद साग महिला क्रिकेटमा अन्जली चन्दले अविश्वसनिय विश्वकीर्तिमानत प्रर्दशन गर्दै माल्दिभ्सलाई १० विकेटले हराएको छ ।

सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरेकी हुन् । पाँचौ बलमा लेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो ।

यो नेपालको लागीसर्वाधिक छिटो जित हो । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहेकी हुन् ।

त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०।१ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरेकी थिइन।
अन्जलीले २।१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो ।