इजरायलका लागि चिनियाँ राजदूत डु वेई मृत फेला परेका छन् । इजरायली परराष्ट्र मन्त्रालयका अनुसार राजदूत डु आइतबार बिहान राजधानी जेरुसलेमबाट उत्तरी क्षेत्रमा रहेको तेल अभिभस्थित निवासमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण भने खुलाइएको छैन । यस घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इजारयली प्रहरीले जनाएको छ ।
इजरायल प्रहरी प्रवक्ता मिकी रोजेनफेल्डले उनी आइतबार बिहान मृत फेला परेको पुष्टि गरेका थिए । उनले भने, 'प्रहरी घटनास्थलमा पुगेको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।' इजरायली सञ्चारमाध्यमका अनुसार उनको हृदयघातबाट मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, आधिकारिकरुपमा पुष्टि भने गरिएको छैन ।
डु सन् २०२० को फेब्रुअरीमा इजरायल पुगेका थिए । उनले यसअघि युक्रेनका लागि चिनियाँ प्रतिनिधिका रुपमा काम गरेका थिए । उनका एक श्रीमति र छोरा छन् । उनीहरु भने इजरायलमा छैनन् ।