नेकपाका उदयपुर अध्यक्ष कटुवाल आइसोलेसनमा भर्ना

नेकपाका उदयपुर अध्यक्ष कटुवाल आइसोलेसनमा भर्ना

नेकपाका उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् । जिल्लाको कटारी अस्पतालमा उनी भर्ना भएका हुन् ।

उनीसँगै सम्पर्कमा रहेका व्यक्तिको भने कोरोना परीक्षणमा पोजिटिभ आएको थियो । हाल ती पत्रकार विराटनगरको कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा छन् । सबैको सल्लाहमै आइतबार विहान अस्पतालमा भर्ना भएको कटुवालले जानकारी दिए । आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउनुपर्छ भनेर आफू अस्पताल भर्ना भएको उनले बताए ।

उनमा कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ ।