१३ औ साग : सिनाले दिलाइन् नेपालको लागि पाँचौ स्वर्ण

१३ औ साग : सिनाले दिलाइन् नेपालको लागि पाँचौ स्वर्ण

काठमाडौं : १३ औ दक्षिण एसियली साग खेलकुदमा सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो र समग्रमा नेपालको लागि पाँचौ स्वर्ण पदक जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् । सिनाले ८।१५० अंक जोड्दै स्वर्ण हात पारेकी हुन् ।

त्यसैगरी भारतकी रुपा बयोरले ८।१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७।९६० अंक जोड्दै कास्य पदक जितिन । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भए ।

उक्त प्रतिस्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका थिए । त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर‌ समूहमा रजत जिते । उनले ८।२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८।२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८।०९० अंक सहित तेस्रो भएका थिए ।