भारतमा पछिल्लो २४ घण्टामा झण्डै पाँच हजार कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले एकै दिन चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएको जनाएको छ । पछि थपिएकासमेत गरी भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार नौ सय २७ पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २० जनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा ३४ हजार एक सय नौ जना संक्रमित निको भएर घर फर्किएका छन् ।