१३ औं साग : नेपाललाई पहिलो पदक

१३ औं साग : नेपाललाई पहिलो पदक

काठमाडौं : नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् ।

सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४।६२ अंक जोड्दा साहीदाले २४।६२ अंक जोड्न सकिन् ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी हेत्तीले भुटानकी सोनामलाई पराजित गरिन् । बंगलादेशकी अख्तरले पनि कास्य जितिन् ।

त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् । चन्चलाले आफ्नो समूहमा रहेकी भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पारेकी हुन् । चन्चलाले २४।०२ अंक जोडेकी हुन् । सोनामले २०।४२ अंक जोड्दा अख्तरले २१।६ अंक ल्याइन् ।