भारतका पूर्वप्रधानमन्त्री एंव प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि सिंहलाई आइतबार साँझ अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना गरिएको हो।
अहिले उनको अवस्था स्थिर छ। डाक्टरहरूले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेका छन् । ८७ वर्षीय डाक्टर सिंहलाई नयाँ औषधीका कारण समस्या भएको हुन सक्ने बताइएको छ।
उनको सन् २००९ मा मुटुसम्बन्धी शल्यक्रिया गरिएको थियो । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए। अहिले उनी राजस्थानबाट राज्य सभामा सांसद छन्।