महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको छ । नियन्त्रणका लागि लकडाउनका जारी रहे पनि त्यहाँ कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४ हजार ३५३ जना नयाँ संक्रमित थपिँदा १ सय ११ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै त्यहाँ कुल संक्रमितको संख्या ६७ हजार १६१ पुग्दा २ हजार २१२ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा झण्डै २१ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिले करिब ४४ हजार व्यक्तिको उपचार भइरहेको छ ।
भारतमा हालसम्म १६ लाख ९ हजार बढीले कोरोना परीक्षण गरिसकेका छन् ।