विश्वभर २ लाख ७० हजार ७ सय ४० जनाको ज्यान लिइसकेको भारतमा कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्र गतिमा फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३६४ मानिस कोरोनाबाट संक्रमित भएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५६ हजार नाघेको छ। वल्डो मिटर डट इन्फोको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट १८ सय ८९ जनाको मृत्यु भएको छ।
हिजो मात्रै भारतमा ३ हजार ३ सय ६४ जना संक्रमित हुँदा १०४ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र छ । त्यहाँ झन्डै १७ हजार संक्रमित छन् भने ६५१ जनाको मृत्यु भएको छ। गुजरातमा ६ हजार ६२५ संक्रमित भएकोमा ३९६ को मृत्यु भएको छ।
राजधानी दिल्लीमा ५५ सय ३२ संक्रमित हुँदा ६५ जनाको मृत्यु भएको छ। तमिलनाडुमा ४८ सय २९ संक्रमित भएकोमा ३५ जनाको मृत्यु भएको छ भने राजस्थानमा ९२ जनाको मृत्यु भएको छ। त्यहाँ ३३ सय १७ जना संक्रमित छन्। संक्रमितमध्ये १६ हजार ७ सय ७७ जना निको भएर घर फर्किएक छन् ।