एजेन्सी । छिमेकी मुलुक भारतमा एकैदिन थप ३ हजार ९ सय जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । भारतमा पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
मंगलबारसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ६८ पुगेको छ ।