एजेन्सी । हृदयघाट भएर मृत्यु भएका भनिएका उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक भएका छन् ।
उनको मृत्यु भइसकेको भन्ने जस्ता विभिन्न अड्कलबाजीका बीच नेता उन शनिबार एक कार्यक्रममा सार्वजनिक भएका हुन् ।
चीनको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले उपचारपछि पहिलोपटक बाहिर निस्किएर रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका हुन् ।
किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक भएको छ ।
आफ्ना नेताको मृत्यु भइसकेको आशंका गरिरहेका नागरिक किमलाई जिवितै र स्वस्थ देखेपछि निकै खुशी भएको पनि बताइएको छ ।
पछिल्लो समय अप्रिल १२ यता नेता किम कुनै पनि कार्यक्रममा सहभागी थिएनन् । जसका कारण उनका विषयमा विभिन्न प्रकारका खबर सार्वजनिक भइरहेका थिए ।
यद्दपी सार्वजनिक भएको उक्त तस्वीरको वास्तविकता भने पुष्टि हुन सकेको छैन ।