भारतमा जेठ ४ सम्म लकडाउन जारी रहने

कोभिड –१९ जोखिम न्यूनीकरणका लागि भारतले जारी लकडाउन थप दुई साताको लागि बढाएको छ । मे १७ सम्म लकडाउनको अवधि बढाइएको हो । यसअघि मे ४ सम्म लकडाउन कायम गर्ने निर्णय भएको थियो ।

तेस्रो पटक लकडाउनको अवधि थप भएको हो ।

भारतमा ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट हालसम्म एक हजार १५४ जनाको मृत्यु भइसकेको छ ।