एजेन्सी: अमेरिकामा दुई करोड ६४ लाख मानिसहरु बेरोजगार हुन पुगेको जनाइएको छ । कोरोना महामारी बढेर अर्थव्यवस्था शिथिल हुंदा यस्तो अवस्था आईलागेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
गत हप्ता ४४ लाख अमेरिकी नागरिकहरुले बेरोजगार सुविधा मागेका थिए । यो अमेरिकामा रहेका कर्मचारीको संख्या भन्दा १५ प्रतिशतले धेरै हो ।
अर्थशास्त्रीहरुका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्व सन् १९३० महामन्दि पछिको तिव्र मन्दि सामना गर्दैछ । अन्तराष्ट्रिय मुद«ा कोषका अनुसार अमेरिकाको अर्थतन्त्र यस वर्ष ५.९ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ । केवल पाँच हप्तामा बेरोजगारी संख्यामा भएको वृद्धि करिब दशकमा सिर्जना भएको रोजगारीको संख्या भन्दा धेरै छ ।
मध्य मार्च देखि ६ जनामा एक जना बेरोजगार भएको तथ्यांकले देखाउँछ । अप्रिलमा बेरोजगारीको दर २० प्रतिशतले बढ्ने केहि अर्थशास्त्रीहरु बताउँछन् ।
प्यू रिसर्च केन्द«को सर्वेक्षणका अनुसार कोरोना भाइरसका कारण ४३ प्रतिशत घरपरिवार बेरोजगारी तथा तलब कटौतीको शिकार भएको पाइएको छ । अमेरिकी सरकारले आर्थिक संकटलाई मध्यनजर गर्दै दुई ट्रिलियन डलर भन्दा बढिको राहत प्याकेजको व्यवस्था गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल कोरोना परिक्षण र अन्य सुरक्षाका उपायहरु अपर्याप्त छ कि भन्ने डरका बावजुद पनि लकडाउन गतिविधि माथिका केहि प्रतिबन्ध हटाउन जोड दिएका छन् । उनी नोभेम्बरमा हुन लागेको पुनः निर्वाचनका लागि तयारी गर्दैछन् ।
लकडाउन विरुद्ध विरोध प्रर्दशन भएपछि अमेरिकाका केहि राज्यमा नियमहरु निश्कृय पारिएका छन् । अर्थशास्त्रीहरु अमेरिकामा बिस्तारै बेरोजगारीको संख्यामा कमी आएपनि अमेरिकी उपभोक्ताका अर्थव्यवस्थामा कोरोनाको दाग रहिरहने बताउँछन् ।
अमेरिका हाल कोरोना भाइरस संक्रमित संख्याको आधारमा अंग्रपंक्तिमा छ । हालसम्म अमेरिकामा आठ लाख ८६ हजार भन्दा बढि कोरोना संक्रमित भएका छन् भने ५० हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।