एजेन्सी: अमेरिकाको न्यूयोर्कस्थित एक घरमा पालिएको बिरालोमा कोरोना संक्रमण भेटिएको छ। त्यहाँका संघीय अधिकारीहरुका अनुसार घरमा पालिएका जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना भएको बताउछन्।
अप्ठ्यारो गरी सास लिइरहेका यी बिरालाहरुमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। अमेरिकी डिपार्टमेन्ट अफ एग्रीकल्चर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनुले मानिसबाट नै यी बिरालोमा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेको छ।
यसअघि ब्रान्क्स चिडियाखानामा राखिएकी एक बाघिनीमा पनि कोरोना संक्रमण भएको थियो।