कोरोनाका कारण सिर्जित संकट समाधानमा दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

कोरोनाका कारण सिर्जित संकट समाधानमा दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

एजेन्सी: दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्नु भएको छ । राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताउनुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।

उहाँले आर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्नु हुनेछ । दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा तीन साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोनाभाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो । दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या तीन हजार ५०० नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।