भारतमा बस दुर्घटना, ७ को मृत्यु २४ घाइते

भारतमा बस दुर्घटना, ७ को मृत्यु २४ घाइते

रा.स.स : भारतमा बस दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । गएराती भएको बस दुर्घटनामा परी अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

भारतको धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट बस नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । घटनाका बारेमा थप अध्ययन अनुसन्धान सुरु गरिएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।