१३ औं दक्षिण एसियाली साग भोलीबाट सुरु, राष्ट्रपतिद्धारा उद्घाटन

१३ औं दक्षिण एसियाली साग भोलीबाट सुरु, राष्ट्रपतिद्धारा  उद्घाटन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागको भोली उद्घाटन हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गठन भएको समारोह समितिले सागको उद्घाटन अभ्याससमेत गरिसकेको छ । दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रस्तुत हुने बताइएको छ ।

यसका लागि एक हजार भन्दा बढी कलाकारले तयारी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । सागका २८ खेलमध्ये आठ खेल पोखरामा र कुस्ती जनकपुरमा हुने आयोजकले जनाएको छ। मंसिर २४ गतेसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिकसहित ६ हजार भन्दा बढीले सहभागीता जनाउने बताइएको छ ।