काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ।
आज बिहान ८ बजे जारी मौसम बुलेटिनअनुसार अहिले बिहान देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। उपत्यका र खोच तथा तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
पाँच दिनको मौसम प्रक्षेपण यस्तो छ-
२०८३ मंसिर १३ गते (आइतबार)
दिउँसो : देशका हिमाली क्षेत्र साथै कोसी ,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।बिहानीपख उपत्यका र खोच साथै तराई भूभागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर १४ गते (सोमबार)
दिउँसो : हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। बिहानीपख उपत्यका र खोच साथै तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर १५ गते (मंगलबार)
दिउँसो : हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
राति : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख उपत्यका र खोच साथै तराई भूभागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर १६ गते (बुधबार)
देशभर आंशिक बादल लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। बिहानीपख उपत्यका र खोच साथै तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर १७ गते (बिहीबार)
देशभर आंशिक बादल लाग्नेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। बिहानीपख उपत्यका र खोच साथै तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।