एनपिएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

एनपिएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो निर्णायक खेल साँझ ५ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सले फाइनल पुग्ने अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । उता चितवन राइनोज भने इलिमिनेटर भिडन्तमा काठमाडौं गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

आजको खेलमा विजयी हुने टोलीले उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछ, जहाँ उसले लुम्बिनी लायन्सको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते आयोजना हुने तालिका छ ।