काठमाडौँ । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँका राज्य सञ्चारमाध्यमले दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि गरेका हुन्।
मंगलबार नियमित उडानका क्रममा An-१२ विमान यागुनोभो गाउँ नजिकैको सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण रहेको आशंका गरिएको छ।
दुर्घटनापछि आपत्कालीन टोलीले घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिएको थियो। रुसी उड्डयन अधिकारीहरूले दुर्घटनाबारे अनुसन्धान सुरु गरेका छन्। विमानमा कुनै कार्गो लोड गरिएको थियो वा थिएन भन्नेबारे भने स्पष्ट भइसकेको छैन।
रुसी सेनाले An-१२ विमान हतियार तथा सैनिक सामग्री ओसारपसार, ढुवानी र खोज तथा उद्धार कार्यमा प्रयोग गर्दै आएको छ। तर विमानमा कुनै कार्गो लोड गरिएको थियो कि थिएन भन्ने कुरा स्पष्ट छैन।