एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त,चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त,चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलले टोलीहरूको अंकतालिका र अन्तिम स्थान निर्धारणमा प्रभाव पार्नेछ।

आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन यसअघि नै प्लेअफमा स्थान बनाउँदै अंकतालिकाको चौथो स्थानमा छ। यता कर्णाली भने सातौं स्थानमा रहँदै मैदान उत्रनेछ।

त्यस्तै, दोस्रो खेलमा अपराह्न ४ः३० बजे काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। प्लेअफमा पुगिसकेको काठमाडौं हाल अंकतालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ।

आज हुने दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ ।