अमेरिकामा मध्यावधि निर्वाचनको मतदान सम्पन्न, मतगणना र प्रारम्भिक परिणाम आउँदै

अमेरिकामा मध्यावधि निर्वाचनको मतदान सम्पन्न, मतगणना र प्रारम्भिक परिणाम आउँदै

भर्जिनिया। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक दिशा र प्रभाव परीक्षणको रूपमा हेरिएको सन् २०२६ को मध्यावधि निर्वाचनको मतदान सम्पन्न भई अहिले विभिन्न राज्यहरूमा मतगणना तथा प्रारम्भिक नतिजा आउने क्रम जारी छ। यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिट साथै विभिन्न राज्यहरूमा गभर्नर तथा स्थानीय तहका पदहरूका लागि मतदान भएको थियो।

प्रारम्भिक नतिजा तथा अनुमानहरू सार्वजनिक हुने क्रमसँगै राष्ट्रपति ट्रम्पले विजयी भएका केही उम्मेदवारहरूलाई बधाई दिन थाल्नुभएको छ। परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीको प्रभाव क्षेत्र मानिने क्षेत्रहरूमा समेत प्रतिस्पर्धा रोचक बनेको छ। यस पटकको निर्वाचनमा अमेरिकी नागरिकहरूले आर्थिक अवस्था, महँगी, आप्रवासन नीति, रोजगारी, बन्दुक हिंसा र राजनीतिक ध्रुवीकरण जस्ता विषयलाई प्रमुख मुद्दा बनाएका छन्।

मतदानका क्रममा मतदाताहरूले विशेष गरी बढ्दो महँगी र आर्थिक नीतिले न्यून आय भएका समुदायमा पारेको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्। दुवै दलका लागि संसद्को नियन्त्रण अहम् हुने भएकाले यस निर्वाचनको अन्तिम परिणामले आगामी दिनमा राष्ट्रपति ट्रम्पको कानुनी तथा नीतिगत एजेन्डामा प्रत्यक्ष प्रभाव पार्नेछ। राज्यहरूबाट आधिकारिक र पूर्ण नतिजा आउन केही दिन वा साता लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।