सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो ।

आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो ।

बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ७ अर्ब १८ करोडको भयो ।

आज जम्मा २१ कम्पनीको मूल्य बढ्यो भने २५२ को घट्यो। त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । आज सबै समूहगत सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ १.०७, फाइनान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत् १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स १.१६, निर्जीवन बीमा १.७२, अन्य १.६१ तथा व्यापार ०.८६ प्रतिशत घटे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७, मन्दाकिनी हाइड्रोपावरको ५.४७, एनआईसी एसिया बैंकको ३.०२, ब’टवल पावरको २.४८ प्रतिशत मूल्य बढ्यो ।

झापा इनर्जीको मूल्य ४.११, सांग्रिला डेभलपमेन्ट बैंकको४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३, माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक तथा प्राइम कमर्सियल बैंक रहे ।