आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यस्तै, आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।